punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिप दुर्घटना : तीनजनाको मृत्यु, १३ घाइते

Chaupati
safha napa

ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप सोमबार बिहान दुर्घटना भएको हो।

एकादशी मेला भर्न ककनी जाने तीर्थालु बोकेको प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए। ​दुर्घघटनाबारे थप विवरण आउन बाँकी छ ।


२९ कात्तिक २०७८, सोमवार १०:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु