punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सवारी ज्यान मुद्दाका फरार प्रतिबादी २० वर्षपछि पक्राउ

Chaupati
safha napa

कैलाली प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नं ३ का ४२ वर्षीय लक्ष्मणप्रसाद श्रेष्टलाई लुकिछिपी बसिरहेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको हो ।

कैलाली जिल्ला अदालतको मिति २०५८।०३।१२ गतेको फैसलाले उनलाई २ महिना २३ दिन कैद तोकेको थियो । कैद फैसलापछि उनी फरार भएको थिए । पक्राउ परेको श्रेष्ठलाई प्रहरीले उनलाई जिल्ला अदालतमा पेश गरेको जनाएको छ।


२५ कात्तिक २०७८, बिहीवार १७:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु