punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीले शुक्रबारका लागि स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गरेका एवं प्रवेश गर्ने तयारीमा रहेका नेताहरुको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने खतिवडाले बताए ।


२५ कात्तिक २०७८, बिहीवार १८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु