विद्युत् सर्ट हुँदा गोठमा आगलागी, ४ लाख बढीको क्षति
बैतडीमा आगलागीबाट ४ लाख ५० हजार बराबरको क्षति भएको छ । जिल्लाको मेलौली नगरपालिका १ मेलशैनीका अशोक सिंह साउँदको भैसी गोठमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।
बुधबार बिहान भएको आगलागीबाट तीन गाई, एक भैसी मरेका छन् भने अन्न, लत्ताकपडा, गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
गोठमा लागेको आगो स्थानीय बासिन्दाले करिब ३ घण्टामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख, बोधराज ओझाले जानकारी दिए ।
२४ कात्तिक २०७८, बुधवार १५:४२ बजे प्रकाशित































