punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोले बन्द बझाङको बाटो खुलाउने काम शुरु

Chaupati
safha napa

बझाङको चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा ल्याउन काम शुरु भएको छ।२४ दिनदेखी अवरुद्ध राजमार्ग खुलाउन मंगलबारदेखी काम शुरु भएको हो। कात्तिक १ गतेदेखी ३ गतेसम्म आएको अविरल बर्षा र सेती नदिमा आएको बाढीले सडक बगाउदा चैनपुर जोड्ने बाटो अवरुद्ध भएको थियो।

दुई ठाउँमा अवरुद्ध भएको सडकको केदारस्युँ गाउँपालिका अन्तर्गत नारुगोडको बाटो नेपाली सेनाले खुलाएको छ भने जाले बगरदेखि डाइभर्सनको काम शुरु भएको छ। तमैल नजिकै रहेको जाले बगरको सडक सेती नदीले भत्काउँदा ठूलो क्षति भएको थियो।

झण्डै ४ सय मिटर सडक भत्किएपछि तमैलदेखि चैनपुरमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। अवरुद्ध सडक सञ्चालन गर्न सेती नदी नै डाइभर्सन गर्नुपर्ने भएको छ।


२४ कात्तिक २०७८, बुधवार १४:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु