चौरपाटी गाउँपालिकाको एक घरमा आगलागी, ४ लाख बराबरको क्षति
अछाम जिल्लाको चौरपाटी गाउँपालिका–६ को एक घरमा आगलागी हुँदा करिब ४ लाख बराबरको क्षति भएको छ । बिहिबार विहान सवा ८ बजे वडा नम्बर ६ दुनिका झुसे साउँदकोे घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट साउँदको घरमा रहेका सम्पूर्ण खाद्यान्न सामग्री, लत्ताकपडा, नगद र दुई तोला सुनसमेत जल्दा करीब करिब ४ लाख बराबरको क्षति भएको प्रहरी चौकी चौखुट्टेका प्रहरी सहायक निरीक्षक पदमराज जोशीले जानकारी दिए ।
घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । मानवीय क्षेती भने नभएको प्रहरीले जनाएको छ । घर जलेर नष्ट भएपछि परिवार घरवार विहीन भएको छ ।
१८ कात्तिक २०७८, बिहीवार १५:४१ बजे प्रकाशित































