punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकल पुरुषलाई पनि मासिक २ हजार भत्ता !

Chaupati
safha napa

जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । गाउँपालिकाले ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने जनाएको छ ।

यसका लागि चालू आर्थिक वर्षमा ७ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । गाउँपालिकाले विदुर भत्ता दिने निर्णयको एकल पुरुषले स्वागत गरेका छन् ।

समाजमा एकल पुरुष पनि साहराविहीन हुने गरेको र सो भत्ताले थोरै भए पनि राहत हुने विश्वास गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।

गुठीचौर गाउँपालिकाले यसबाहेक थप एकल पुरुष भत्ता वितरण गर्न थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए । अहिले गाउँपालिकाभित्र रहेका एकल पुरुषको तथ्यांक संकलनको काम शुरू भएको छ ।

तथ्यांक आउने वित्तिकै विदुर भत्ता दिन शुरू गर्ने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए । एकल पुरुषको तथ्यांक संकलनका लागि प्रत्येक वडालाई सर्कुलर गरिएको छ ।

गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खाना हर्लिक्स, कुखुरा र अण्डा वितरण गर्दै आएको पनि छ ।

हिमाली जिल्लामा ६० वर्षदेखि माथिकालाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएकाले त्योभन्दा तल ४० वर्ष भन्दा माथिका एकल पुरुषलाई विदुर भत्ता दिन थालिएको हो ।

गाउँपालिका महिला, बालबालिका, एकल पुरुष, एकल महिला, असहाय, अपाङ्गता भएका व्यक्तिको हितका लागि संवेदनशील रहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए ।

गाउँपालिकाले यसअघि एकल पुरुषले भोग्नु परिरहेको समस्याबारे अध्ययन गरेको थियो ।

 


१७ कात्तिक २०७८, बुधवार १७:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु