punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरका बाढीपीडितलाई राहत वितरण

Chaupati
safha napa

कञ्चनपुरमा बाढीबाट प्रभावित शुक्लाफाँटा नगरपालिकाका ३६ परिवारलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले राहत वितरण गरेको छ।वनहरा शिविरमा बस्दै आएका २७ परिवार र वडा नम्बर १२ का नौ परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

रेडक्रसले त्रिपाल, कम्बल, म्याट्रेस, भाँडा सेट, महिला पुरुषका कपडा, बच्चाका कपडा, टावेल, बाल्टी, डोरी, डिग्नी किट, हाइजेनिक किट, हेल्थ किट, झुलसँगै पानी शुद्धीकरण गर्ने क्लोरिन टयावलेट वितरण गरेको छ।

यस्तै‚ घर मर्मत गर्न, काँटा किलाको व्यवस्था गर्न र शौचालयमर्मतका लागि नगद रकम समेत बैंक खाता मार्फत उपलव्ध गराइएको रेडक्रस कञ्चनपुर शाखाका कोषाध्यक्ष भट्टले बताए।

कञ्चनपुरका बाढीबाट प्रभावित २७८ परिवारबाट १५० परिवारलाई राहत सामग्रीका लागि छनौट गरिएको भट्टले बताए। छनौटमा परेका पुनर्वास नगरपालिकाको सीमरीका ११४ परिवारलाई समेत गैरखाद्य, स्वास्थ्य, सरसफाई सामग्री संगै नगद राहत वितरण गरिने उनले बताए।

राहत दिनै पर्ने अवस्थाका ४० परिवारलाई १३ हजार ५०० रुपैयाँका दरले घर मर्मतका लागि, ४० परिवारलाई दुई हजारका दरले किलाकाँटाका लागि र १० परिवारलाई शौचालय मर्मतका लागि नगद सहयोग उपलव्ध गराइएको छ। यस्तै‚ एनएफआरई १०० थान, डिग्नी किट ३० थान, हाइजेनिक किट १०० थान र क्लोरिन ट्याबलेट ६० हजार वितरण गरिएको छ।


१७ कात्तिक २०७८, बुधवार १७:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु