punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हवाई भाडा बढ्यो, कुन गन्तव्यका लागि कति ?

Chaupati
safha napa

बुधबारदेखि हवाई भाडा वृद्धि भएको छ । वायुसेवा सञ्चालक संघले एक सूचना जारी गर्दै आन्तरिक उडान तर्फको नयाँ भाडादर सार्वजनिक गरेको हो । नयाँ भाडादर अनुसार आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ३४५ रुपैयाँसम्म ले वृद्धि गरिएको संघले जनाएको छ ।

संघका अनुसार सबैभन्दा बढी काठमाडौं–माउन्टेन फ्लाइटको ३४५ रुपैयाँ र काठमाडौं–भद्रपुर ३०० रुपैयाँले वृद्धि गरिएको छ भने सबैभन्दा कम डोटी–साफेबगर ४५ रुपैयाँ वृद्धि भएको छ ।

बढेको भाडादरअनुसार अब काठमाडौं–माउन्टेन फ्लाइटको भाडा ३ हजार २९५ रुपैयाँ र काठमाडौं–भद्रपुरको २ हजार ८८० रुपैयाँ पुगेको छ । यस्तै डोटी–साफेबगरको ४०० रुपैयाँ पुगेको छ । यसअघि माउन्टेन फ्लाइटको २ हजार ९५० रुपैयाँ, काठमाडौं–भद्रपुरको २ हजार ५८० रुपैयाँ र डोटी–साफेबगरको ३५५ रुपैयाँ रहेको थियो ।

यसैगरी अन्य हवाई गन्तव्यहरुको समेत भाडा वृद्धि गरिएको संघले जनाएको छ ।   पछिल्लो समय आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याससँगै हवाई इन्धनको समेत मूल्य वृद्धि गरेसँगै हवाई भाडा समेत बढाउनु परेको संघले बताएको छ ।सार्वजनिक नयाँ भाडा दरलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत मंगलबार स्वीकृत गरेसँगै संघले आज सार्वजनिक गरेको हो ।


१७ कात्तिक २०७८, बुधवार १८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु