punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप ४४७ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्‍यु

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने ४३९ जना निको भएका छन् ।बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ५४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ भने ७ लाख ९३ हजार २७१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १२३ जना रहेका छन् । जसमध्ये ८ हजार ४३६ जना होम आइसोलेसनमा रहेका छन् भने ६८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२३ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३१ जना कोरोना संक्रमित थपिएका छन् ।


१७ कात्तिक २०७८, बुधवार १७:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु