कैलालीमा राति ८ बजे सम्म मात्रै देउसीभैलो खेल्न पाइने
कैलालीमा राति ८ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उक्त आदेश जारी गरेको हो।
कोरोना संक्रमणको जोखिम कामयै रहेको अवस्था तथा समाजमा अशान्ति फैलिनसक्ने भन्दै देउसीभैलो तथा नाचगानका कार्यक्रममा रोक लगाइएको जारी सूचनामा उल्लेख छ।
साथै दिपावलीको समयमा पटाका जलाउने, आतिसबाजी गर्ने तथा ओसारपसार गर्न नपाइने समेत प्रशासनले जनाएको छ। प्रशासनको आदेश अवेज्ञा गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने बताइएको छ।

१६ कात्तिक २०७८, मंगलवार १६:४७ बजे प्रकाशित






























