punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीका ३ वडामा मात्रै एमाले अधिवेशन सम्पन्न

Chaupati
safha napa

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ महाधिवेशनअन्तर्गत बैतडीका तीनवटा वडामा मात्रै वडातहको अधिवेशन सम्पन्न भएको छ। जिल्लामा ८४ वडा रहेकोमा बैतडीमा सोमबारदेखि अधिवेशन सुरु भएको हो। अहिलेसम्म जिल्लाका तीन वडामा मात्रै अधिवेशन सम्पन्न भएको जनाइएको छ।

एमाले बैतडी सचिव लीलाधर भट्टका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा अधिवेशन सम्पन्न भएको हो। २ नम्बरमा उमापति भट्ट, ३ नम्बरमा करनराम भुल र ४ नम्बरमा तर्कराज भट्ट वडाध्यक्षमा चयन भएका छन्।

सचिव भट्टले भने, ‘अधिवेशन सम्पन्न तीनवटै वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ, बाँकी वडामा पनि १२ गतेसम्म नेतृत्व चयन हुन्छ।’ चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडीमा ८४ वडा रहेका छन्।

कात्तिक १२ गतेसम्म वडा अधिवेशन सक्ने गरी कार्यतालिका बनाइएको र सोहीअनुसार अधिवेशन भइरहेको एमाले बैतडीले जनाएको छ। एमालेको दशौँ महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ।


९ कात्तिक २०७८, मंगलवार १४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु