punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Chaupati
safha napa

कैलालीमा मोटरसाइकल दुर्घना हुँदा एक जनाको मृत्यु भएको छ।जिल्लाको गौरीगंगा नगरपालिका –२ आमबगीयामा से२प ५९५२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक गौरीगंगा –१ का २५ वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

यस्तै मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय हरि चौधरी र २२ वर्षीय डबल बोहोरा घाइते भएका छन्। उनीहरु दुबै जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

मृतक लक्ष्मणको पनि सेती अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

 


२८ असोज २०७८, बिहीवार ०८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु