punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्री जोशीद्वारा सञ्चारकर्मीसँग दशैतिहारको शुभकामना आदानप्रदान

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सञ्चारकर्मीहरुसंग हिन्दुहरुको महान पर्व दशैंतिहारको अवसरमा शुभकामना आदानप्रदान गरेकी छिन ।
आफनै कार्यकक्षमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीसंग भेटघाट गर्दै शुभकामना आदान प्रदान गरेकी हुन ।

सो अवसरमा उनले आगामी दिनमा सरकारका तर्फबाट गर्नुपर्ने कामहरुबारे पनि रायसुझाव लिएकी थिइन । उनले भनिन –‘सरकारका गलत कामप्रति सचेत र सरकारलाई सही बाटोमा डोहोर्याउन सञ्चारकर्मीले सहयोग गर्छ ।सरकारले गरेका गलत कदमप्रति तपाईहरुले सर्तक गराइरहनु भएको छ ।

अझै आगामी के गर्नुपर्छ भनी तपाईहरुको रायसुझाव आवश्यक छ ।’उनले आफुले सञ्चारकर्मीलाई सरकारको सारथी बनाएर अघि बढ्ने प्रयास गरिरहेको बताइन । उनले भनिन –‘सरकारका राम्रा र नराम्रा काम आम नागरिकलाई प्रवाह गर्ने माध्यम सञ्चारमाध्यम हो ।

त्यसैले सही काममा सरकारको सारथी र सरकारलाई गलत गतिविधी गर्न रोक्ने काम तपाईहरुकै हो ।’उनले प्रदेश सरकारले अहिले सञ्चार नीति ल्याउने तयारी गरेको बताइन । उनले भनिन –‘हामीले सञ्चार नीतिको मस्यौदा तयार गरि विभिन्न सरोकारवालाहरुसंग छलफल गरिरहेका छौं । छिट्टै यसलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउने छौं ।’

मन्त्री जोशीले चालु आर्थिक वर्षमा मन्त्रालयबाट सञ्चार क्षेत्रका लागि समेटिएका कार्यक्रमबारे पनि जानकारी दिएकी थिइन ।छलफलका क्रममा सञ्चारकर्मीहरुले सरकार पारदर्शिता हुनुपर्ने, सञ्चारकर्मीलाई सहज रुपमा प्रदेश मन्त्रीपरिषदका बैठकका निर्णय तुरुन्तै उपलब्ध गराउनुपर्ने, प्रदेश एफएम, रेडियो तथा टेलिभिजन सम्बन्न्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।


२५ असोज २०७८, सोमवार १८:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु