punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी विमानस्थल अवरुद्ध

Chaupati
safha napa

समिट एयरको जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध भएको छ । धनगढीबाट बाजुरा जाने समिटको जहाजको टायरमा खराबी आएर जहाज उडन नसकेपछि विमानस्थल अवरुद्ध भएको हो । सो जहाजको टायरमा समस्या आएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।

टायरमा खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल अवरुद्ध भएको छ उनले भने । सो विमानका कारण यहाँबाट काठमाण्डौंका लागि उड्ने श्री एयरलाइन्सको जहाज पनि उड्न पाएको छैन ।

समिट एयरको जहाज ग्राउण्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको प्रमुख भट्टले बताए । ‘पाइलटले इन्जिनीयरसंग सल्लाह लिइरहनु भएको छ । सम्भवतः केही समयमा अवरोध हट्छ होला’ उनले भने । सो जहाज उड्न नसकेपछि काठमाण्डौंबाट केही समयमा धनगढी आउने बुद्ध एयरको जहाजको उडान पनि प्रभावित हुने सम्भावना छ ।


२५ असोज २०७८, सोमवार १७:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु