punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीका १४ बादी परिवारलाई खाद्यान्न वितरण

Chaupati
safha napa

डोटीका १४ बादी परिवारलाई खाद्यान्न वितरण गरिएको छ । दसैँ पर्वलाई लक्षित गरेर अमेरिकामा बस्दै आएकी जयन्ती थापाको सहयोगमा खाद्यान्न वितरण गरिएको हो ।आर्थिक अवस्था कमजोर भएका दिपायल सिलगढी नगरपालिका र ४ दिपायलका बादी समुदायलाई आइतबार प्रति परिवार एक÷एक बोरा गरि १४ बोरा चामल वितरण गरिएको हो ।

थापाले खाद्यान्न वितरणका लागि अमेरिकाबाट रु २० हजार बढि रकम पठाएकी थिईन् । उक्त रकमबाट चामल खरिद गरि वितरण गरिएको वडा सदस्य पार्वती पार्कीले बताइन् । ‘यहाँका बादी समुदायहरुको आर्थिक अवस्था एकदमै कमोजर छ,‘उनले भनिन्,‘बस्नका लागि घर समेत नभएर सडक छेउमा टिनका टहरा बनाएर बसेका छन् ।

चाडपर्वका बेला दुई छाक खान पनि मुस्किल पर्ने उक्त समुदायलाई उपलब्ध गराएको चामलले ठुलो राहत मिलेको छ ।’ मज्द्री गरेर आफूहरुले साझ विहानको छाक टार्नु पर्छ दसैंको बेला कामहरु बन्द हुन्छन् चिन्ता बढेकै समयमा खाद्यन्न सहयोग गरेकोमा पदम बादीले थापालाई धन्वाद दिए । उनले आगामी दिनमा डोटी जिल्लमा रहेका असायहरुलाई यसरी नै सहयोग गर्न आग्रह समेत गरेका छन् ।

दैलेख घर भएकी थापा हाल अमेरिकामा बस्दै आएकी छिन् । उनले अमेरिकाबाट नेपालका लागि सहयोग जुटाउँदै आएकी छिन् ।आफू प्रदेशमा रहेता पनि नेपाल प्रतिको माया प्रगाढ रहेको थापाले बताइन् । नेपालमा रहेका असायहरुलाई सहयोग गर्दै आइरहेको बताएकी छन् ।

उनले सानो उमेर देखी नै आफ्नो सहयोग गर्ने बानिरहेकोले हालसम्म पनि त्यो बानि कायमै रहेको समेत बताइन् । बिगत लामो समय देखि नेपालका अन्य जिल्लाका मानिसहलाई सहयोग गर्दै आइरहेको जानकारी गराइन ।


२५ असोज २०७८, सोमवार १६:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु