प्रधानमन्त्री देउवाले सम्हाले उद्योग मन्त्रालय

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएकी छन्।

उद्योग मन्त्री गजेन्द्र हमालले मन्त्री पदबाट राजीनामा दिएसँगै उक्त मन्त्रालयको जिम्मेवारी राष्ट्रपतिले प्रधानमन्त्रीलाई सुम्पिएकी हुन्।

प्रधानन्यायाधीशको कोटाबाट हमाल मन्त्री बनेको भन्दै आलोचना भएपछि हमालले राजीनामा दिएका हुन्।


२५ असोज २०७८, सोमवार १५:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु