कांग्रेस महामन्त्री खड्का डिस्चार्ज
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का डिस्चार्ज भएका छन्।सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्का स्वास्थ्य लाभ गरि आज घर फर्किएका अस्पतालका प्रवक्ता डा. प्रवीन नेपालले बताए।
कांग्रेस महामन्त्री खड्का कोरोना संक्रमण लगायत स्वास्थ्यमा समस्या भएपछि असोज १५ गते सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका लागि भर्ना भएका थिए।
२५ असोज २०७८, सोमवार १६:१९ बजे प्रकाशित






























