punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दक्ष जनशक्ति अभावमा बैतडीका १५ सुरक्षित गर्भपतन सेवा बन्द

Chaupati
safha napa

दक्ष जनशक्ति अभावमा बैतडीमा दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ। जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द छ।

अहिले जिल्ला अस्पताल बैतडी, सिद्धेश्वर स्वास्थ्य चौकी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, विशालपुर स्वास्थ्य चौकी, शर्माली स्वास्थ्य चौकी, हाट स्वास्थ्य चौकी, रिम स्वास्थ्य चौकी, कोटपेटरा स्वास्थ्य चौकी र गिरेगडा स्वास्थ्य चौकीमा सेवा उपलब्ध छ। बाँकी संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी अभाव भएकाले सेवा बन्द रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिसप्रसाद भट्टले बताए।

‘गएको दुई वर्षदेखि १५ स्थानबाट सुरक्षित गर्भपतन सेवा बन्द छ,’ भट्टले भने, ‘कर्मचारी समायोजनपछि यहाँ रहेका तालिम प्राप्त दक्ष जनशक्ति बाहिर गएपछि समस्या भएको हो।’

हाल सेवा बन्द रहेका १५ वटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि पहल भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले भने, ‘स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थाका लागि, प्रदेश र संघीय सरकारलाई आग्रह गरेका छौं।’

सूचीकृत संस्थाहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरु नुहँदा अन्य ठाउँमा गएर असुरक्षित गर्भपतन गराउनाले जोखिम बढ्दै गएको छ। निजी स्थास्थ्य संस्थाबाट जथाभावी औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्यसंस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वशन्तराज जोशीले बताए।

यसैबीच सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा बन्द भएपछि पछिल्लो समय बैतडीमा सुरक्षित गर्भपतन गराउनेको संख्या घट्दै गएको छ। स्वास्थ्य कार्यालय बैतडीको गत तीन वर्षको तथ्यांकअनुसार जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या घट्दै गएको पाइएको हो।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ मा ७७७ , २०७६र७७ मा ५८१ र २०७७र७८ मा ५६५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। तीमध्ये सुरक्षित गर्भपतन गराउनेमा ५५ जना २० वर्षमुनिका रहेका बताइएको छ। आर्थिक वर्ष २०७५र७६ मा २४, २०७६र७७ मा २० र २०७७र७८ मा ११ जना २० वर्षमुनिकाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।

सुरक्षित गर्भपतन सेवा दिने स्थान घटेका ,परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाहरुको संख्या कमी आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले भने, ‘सुरक्षित गर्भपतनको सेवा दिने संस्था घटेकाले र परिवार नियोजनको सेवा लिने बढेकाले सुरक्षित गर्भपतन गराउने घटेका हुन सक्छन्।’

यसका साथै कोरोना कहरका कारणले गर्दा पनि कसैले मेडिकलबाट औषधि किनेर पनि गर्भपतन गराएको हुन सक्ने बताइएको छ। तराईतिर गर्भपतन गराउनेको संख्या बढेको देखिएकाले तराईमा गएर पनि सुरक्षित रुपमा गर्भपतन गराएको हुनसक्ने स्वास्थ्य कार्यालयले जनाएको छ।


२४ असोज २०७८, आइतवार १४:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु