punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप ७६० जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८९९ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् । तीमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३१७ जना आईसीयूम र ११३ जना भेन्टिलेटरमा उपचाररत छन् ।


२३ असोज २०७८, शनिवार १७:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु