punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसका प्रदेश सांसदले मागे देउवासंग सुदूरपश्चिम सरकारको नेतृत्व

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशसभाका नेपाली काँग्रेसका सांसदहरुले प्रदेश सरकारको नेतृत्वले आफूहरुले पाउनुपर्ने माग गरेका छन् ।शनिबार काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका उनीहरुले सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफूहरुलाई बेवास्ता गरेको गुनासो गरे ।

प्रदेश सरकारले गठबन्धनका नाममा कांग्रेसलाई वेवास्ता गर्दै मनपरी गर्न थालेकाले यथास्थितिमा साथ दिन नसकिने कुरा प्रधानमन्त्री समक्ष राखेको प्रदेशसभा सदस्य भरतबहादुर खड्काले जानकारी दिए । ‘हामीले प्रधानमन्त्रीज्यूसँग सुदूरपश्चिमको राजनीतिक अवस्था र प्रदेश सरकारको भूमिकाका बारेमा कुरा राखेका छौं’ खड्काले भने, ‘गठबन्धनका नाममा सरकारले मनपरी गर्न थालेकाले यथास्थितिमा स्वीकार्न सकिदैन भनेका छौं ।’

जवाफमा देउवाले गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गर्ने बताएका छन् । खड्काले काँग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने प्रस्ताव पनि राखिएको जानकारी दिए । माओवादी केन्द्रले नेतृत्व गरिररहेको सुदूरपश्चिम सरकारलाई नेकपा एकीकृत समाजवादीले समर्थन गरेको छ । केन्द्रमा कांग्रेस सत्ता गठबन्धनमा भएपनि सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादीको बहुमत पुगेपछि कांग्रेस प्रतिपक्षमा छ ।

शनिबार देउवालाई भेट्न संसदीय दलका नेता डा। रणबहादुर रावल, प्रमुख सचेतक गोविन्दराज बोहरा र प्रदेशसभा सदस्य खड्का बालुवाटार पुगेका थिए । सुदूरपश्चिममा ५२ जना प्रदेशसभा सदस्य रहेकामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, नेकपा एमालेका ११, जनता समाजवादी र लोकतान्त्रिक जनता समाजवादीका १र१ जना रहेका छन् ।


२३ असोज २०७८, शनिवार १७:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु