punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सम्मेलन सम्पन्न

Chaupati
safha napa

थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम कैलाली जिल्ला भेला शनिबार धनगढीमा सम्पन्न भएको छ ।मोर्चाका जिल्ला संयोजक बालकृष्ण चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्रका प्रदेश सचिव तथा केन्द्रीय सदस्य नेपबहादुर चौधरी प्रमुख अतिथि थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिरमान चौधरी, रुपा चौधरी, मोर्चाका केन्द्रिय महासचिव तथा केन्द्रीय सदस्य हरिराम चौधरी (उत्सब), माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालबहादुर सोडारी, प्रदेश कमिटी सदस्य रमेश धामी, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी लगायतको अतिथिहरुको उपस्थिति थियो ।

माओवादी केन्द्र निकट मोर्चाका नेता तथा कार्यकर्ता र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । भेलाले आजै मोर्चाको जिल्ला कमिटी समेत चयन गर्ने संयोजक बालकृष्ण चौधरीले बताए ।


२३ असोज २०७८, शनिवार १७:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु