punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खलंगाको घर–घरमा खानेपानी जडानको काम हुँदै

Chaupati
safha napa

दार्चुला सदरमुकाम खलंगामा खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । महाकाली नगरपालिका–४ र ५ का प्रत्येक घरधुरीमा खानेपानीको सुविधा पु¥याउनेगरी पाइपलाइन जडानको काम भइरहेको हो । आयोजना अन्तर्गत खलंगामा दुई हजार २८६ खानेपानीका धारा निर्माण हुने बताइएको छ ।

एसियाली विकास बैंकको अनुदान र नगर विकास कोषको ऋण लगानीमा खलंगा खानेपानी तथा सरसफाई आयोजना निर्माणको काम भइरहेको महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले जानकारी दिए ।आयोजना अन्तर्गत गल्फै, बीच बजार र बंगाबगड क्षेत्रमा पाइपलाइन जडानको काम भइरहेको छ ।

एक वर्षभित्रै खलंगाका बासिन्दालाई स्वच्छ खानेपानीको पहुँच पु¥याउने उद्देश्यले पाइप लाइन विस्तारको काम तीव्र गतिमा भइरहेको आयोजना निर्माणमा प्राविधिक सहयोग गरिरहेको इ–टेक नेपालका कन्सट्रक्सन सुपरिभिजनल इन्जिनियर कुबेरबहादुर सिंहले जानकारी दिए ।२९ करोड रुपियाँ लागतमा सम्पन्न हुने आयोजना निर्माणका लागि एसियाली विकास बैंकले कुल लागतको ७० प्रतिशत, २५ प्रतिशत नगर विकास कोषको ऋण लगानी र पाँच प्रतिशत स्थानीय जनश्रमदान रहेको छ ।

धौलीगाड मुहान रहेको गल्फै क्षेत्रमा अहिले मुहान इन्टेक, कलेक्सन च्याम्बर, पानी संकलन ट्याङ्की र पालेघर भवन निर्माणाधीन अवस्थामा छ । गाराकु मुहान रहेको खलंगा बीच बजार क्षेत्रमा इन्टेक, कलेक्सन च्याम्बर र पानी थिग्र्याउने ट्याङ्की निर्माणाधीन अवस्थामा छ । यस्तै बंगाबगड क्षेत्रमा धारा जडान र ट्याङ्की मर्मतको कार्य छिट्टै सञ्चालन गर्ने योजना रहेको इन्जिनियर सिंहले बताए ।

खानेपानीका संरचनासँगै महाकाली– ५ भौराबगडमा सार्वजनिक शौचालय र आयोजना समितिको कार्यालय समेत निर्माणाधीन अवस्थामा छ । आयोजना निर्माणको जिम्मा आसिस क्याब र ग्वाल्लेक निर्माण सेवा जेभीले पाएको छ । खानेपानीको चरम अभाव झेलिरहेको खलंगामा आयोजना लागु भएपछि स्थानीय खुसी भएका छन् ।


२१ असोज २०७८, बिहीवार १५:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु