punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीका तीन पालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन

Chaupati
safha napa

जिल्लाका तीन पालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन गरिएको छ।युरोपियन युनियन र डिसिएको साझेदारीमा सञ्चालन हुँदै आएको परिवर्तन परियोजनाद्वारा यहाँका शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा केआइसिंह गाउँपालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन गरिएको हो।नागरिकका गुनासा पालिकामै सुनुवाइ गर्ने उद्देश्यका साथ उक्त समिति गठन गरिएको परिवर्तन परियोजनाले जनाएको छ।

गुनासो सुनुवाइ व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७८ को अभिमुखीकरण तथा संवादसँगै नगरपालिकाका हकमा उपप्रमुख तथा गाउँपालिकाका हकमा उपाध्यक्षको संयोजकत्वमा पाँच÷पाँच सदस्यीय समिति गठन गरिएको जोरायलका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए।स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ९४० क ९१० को प्रयोजनका लागि परिवर्तन परियोजना सञ्चालित गाउँ तथा नगरपालिकामा गुनासो व्यवस्थापन समिति गठन गरिएको हो।

नगरपालिकाको सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन नीति, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रक्रिया, प्राप्त उपलब्धि र त्यसले पारेको आर्थिक सामाजिक प्रभावको मूल्याङ्कन गरी नीति, योजना तथा सेवा प्रवाह प्रक्रियामा सुधार गर्न, सार्वजनिक कोषको अत्युत्तम परिचालन गरी अपेक्षित उद्देश्य प्राप्तिको सुनिश्चतता गर्न, नागरिकका गुनासो सुन्ने र जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवार बनाई सार्वजनिक जवाफदेहीता अभिवृद्धि गर्ने समितिको उदेश्य रहेको शिखरका नगर उपप्रमुख धौलीदेवी रावलले जानकारी दिइन्।रासस


२१ असोज २०७८, बिहीवार ०८:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु