punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेसको १४ औं महाधिवेशनको मिति सर्ने निश्चित, नयाँ मिति तोकियो

Chaupati
safha napa

सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति सर्ने भएको छ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा महाधिवेशनको मिति सार्ने सहमति भएको हो।

काँग्रेसले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तय गरेको छ। तर ५ जिल्लामा क्रियाशील सदस्यता विवाद नटुंगिएको तथा कतिपय जिल्लाको अधिवेशन समेत सुरु हुन नसकेकाले निर्धारित समयमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित मिति केही पर सार्ने समझदारी भएको काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।

उनले महाधिवेशन मंसिर अन्तिम वा पुस पहिलो साता गर्नेगरी छलफल भएपनि निर्णय भने हुन बाँकी रहेको बताए। हालसम्म ८ जिल्लामा तल्लो तहको अधिवेशन समेत हुन सकेको छैन ।

काँग्रेसले दसैँअघि क्रियाशिल सदस्यता विवाद टुंगो लगाउने र हालसम्म अधिवेशन हुन नसकेका जिल्लामा सो अवधिमा सुरुवात गर्ने तयारी गरेको छ ।

बुधबारसम्म काँग्रेसको ११ जिल्लाको अधिवेशन सकिएको छ भने दसैँअघिसम्म हिमाली जिल्लाका अधिवेशन सक्याउने लक्ष्य छ।

यस्तै तिहारसम्ममा जिल्लाको सबै अधिवेशन सक्ने र प्रदेशको पूर्वनिर्धारित समयको अधिवेशन केही पर सार्नेगरी पनि नेताहरुबीच छलफल भएको छ।


२१ असोज २०७८, बिहीवार ०५:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु