punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडी अस्पतालमा अक्सिजन प्लान्टको सामग्री पुग्यो

Chaupati
safha napa

जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक केही सामग्री आइपुगेको छ। अस्पतालका प्रमुख डा. वसन्तराज जोशीका अनुसार सबै सामान आइपुगेपछि जडान सुरु हुनेछ।

‘केही सामानहरु ल्याइएका छन्, आवश्यक पर्ने सबै सामान आएपछि जडानको काम थाल्छौं‚’ उनले भने‚ ‘पुरै समान आइपुग्न अझै दुई साता लाग्छ।’प्लान्ट स्थापनाका लागि संघीय सरकारबाट एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ प्राप्त भएको छ।

गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौं र अस्पतालबीच सम्झौता भएको थियो। तर‚ सप्लायर्स कम्पनीको लापरवाहीका कारण ढिलाइ भएको हो।

गत आर्थिक वर्षभित्रै जडान गरिसक्ने गरि असार दुबै पक्षबीच सम्झौता भएको भएकोमा असारमा जडान कार्य नसकिने भनेर कम्पनीले साउनसम्मका लागि म्याद थप्न आग्रह गरेअनुसार एक महिना म्याद थपिएको थियो। त्यसपछि कम्पनीको मान्छेसँग सम्पर्क गर्दा चीनबाट सामग्री मगाउँदा ढिलाइ भएको जानकारी अस्पताललाई गराएको थियो। प्लान्ट सञ्चालनका कहिलेसम्म आउने भन्ने टुंगो लागेको छैन।

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो। प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ।

उक्त प्लान्ट ५० शय्याको अस्पतालका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको छ। प्रमुख जोशीले भने, ‘प्लान्ट स्थापनाले ५० शय्याको अस्पताल सञ्चालनमा आएपछि त्यसका लागि पनि सहयोग पुग्छ, कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य शल्यक्रिया, सघन उपचार कक्ष सञ्चालनका लागि पनि सजिलो हुन्छ।’

भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ । हाल यहाँ १८ जनामात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

 


१८ असोज २०७८, सोमवार ०८:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु