भीरबाट लडेर एक महिलाको मृत्यु
डोटीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका – ३ अैलीकी ४० वर्षीय भागा देवी पाठकको मृत्यु भएको हो ।
उनको घर नजिकैको भीरमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको उनका जेठाजु कांशिराम पाठकले जानकारी दिएका छन ।मृतक महिलाका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।
१७ असोज २०७८, आइतवार १६:१४ बजे प्रकाशित






























