punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रहरी दिवसका अवसरमा ‘तपाईको मास्क खै ?’ अभियान

Chaupati
safha napa

कैलालीमा पनि ६६औँ प्रहरी दिवस २०७८ मनाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले सो अवसरमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी ‘तपाईको मास्क खै रु’ अभियानलाई पनि निरन्तरता दिएको छ।

प्रहरी दिवसको अवसरमा आइतबार विहान ट्राफिक चौराहादेखि पार्कमोडसम्म र्‍याली निकालिएको थियो। ‘तपाईको माक्स खै रु’, ‘मास्क लगाऔँ, आफु बचौँ अरुलाई पनि बचाऔँ ’ जस्ता सचेतनामूलक प्लेकार्डसहित र्‍यालीको आयोजना गरिएको हो।

No description available.

थाहा पाउँदा पाउँदै पनि सुरक्षाका मापदण्ड न अपनाइरहेका नागरिकहरुलाई निरन्तर रुपमा झकझकाइरहनु पर्ने तथा सचेतना दिनुपर्ने भएकाले सो अभियान चलाइएको प्रहरी नायव महानिरीक्षक पुरुसोत्तम कँडेलले बताए। सोही अवसरमा कैलालीमा पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

उनले कैलाली प्रहरीलाई दुई भागमा विभाजन गरिएको बताए। धनगढी उपमहानगरपालिकाभित्र करिब ३ सय जना र उपमहानगरपालिका बाहिर साढे ४ सय जना प्रहरी परिचालन गरिएको उनले बताए।मास्क नलगाउने व्यक्तिलाई जरिवाना गरिरहेको एसपी अधिकारीले बताए। सो अभियानमा प्रदेश युवा परिषद्को पनि सहभागिता रहेको थियो।


१७ असोज २०७८, आइतवार १५:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु