punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गौरीफन्टा नाका पूर्ण रुपमा सञ्‍चालन

Chaupati
safha napa

कैलाली कञ्चनपुरको सिमा नाका गौरीफन्टा पूर्ण रुपमा खुला भएको छ । यसअघि नाकामा भारतीय सवारीमा लगाइएको रोक समेत हटेको छ । गत असोज ११ गते बसेको संघीय मन्त्री परिषद्को बैठकले विभिन्न मापदण्ड पुरा गरेर भारतीय नीजि सवारीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार नाकामा भारतीय नीजि सवारी साधन सञ्चालन भएका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले संघीय सरकारको आदेश अनुसार सीमानाका खोल्ने निर्णय गरेको बताए । उनले भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकले भने विभिन्न मापदण्डहरु पूरा गर्नुपर्ने प्रावधान बनाइएको बताए ।

नेपाल प्रवेश गर्ने भारतीय नागरिकसँग ७२ घण्टा भन्दा पहिलाको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने, कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को साइटमा प्राप्त हुने फर्म भरेर त्यसको प्रिन्टकपी हुनुपर्ने र कोरोनाको दुई डोज खोप लगाएको कार्ड साथमा हुनुपर्ने मापदण्ड तोकिएको छ।

 


१७ असोज २०७८, आइतवार १५:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु