punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राप्रपा अछामको अध्यक्षमा शाही

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टी अछामको एकता भेलाले ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा मीनबहादुर शाही, सहअध्यक्षमा अर्जुनबहादुर शाही, वरिष्ठ उपाध्यक्षमा राउते टमट्टा चयन हुनुभएको छ ।

यस्तै कार्यसमितिमा सुरजजंग कुँवर, प्रवक्तामा दीपकबहादुर शाही र कोषध्यक्षमा शेषकुमारी शाही र अन्य सदस्य सर्वसम्मत चयन गरिएको नवनिर्वाचित अध्यक्ष शाहीले जानकारी दिए । विनायकमा शनिबार सम्पन्न अधिवेशन उद्घाटनका क्रममा राप्रपाका नेता तथा पूर्वमन्त्री जगत गौचनले आफ्नो दलले मात्र देशमा स्थिरता र विकास गर्ने दाबी गरे ।

सो क्रममा राप्राका केन्द्रीय सदस्य श्यामबहादुर शाहीलगायतले सम्बोधन गरेका थिए । राप्रपाको केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया अघि बढेको प्रवक्ता शाहीको भनाइ छ ।


१७ असोज २०७८, आइतवार १५:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु