punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धान भित्र्याउन सुरू

Chaupati
safha napa

कैलालीका किसानले धान भित्र्याउन थालेका छन् । पाकेका धान धमाधम काटेर उनीहरूले भित्र्याउन थालेका हुन् ।कैलाली धान खेतीका लागि उर्वर मानिन्छ । यहाँको मुख्य खेती पनि धान बाली नै हो ।

खेतमा पाकेर धान तयार भइसकेकाले काटेर भित्र्याउन थालेको धनगढी उपमहानगरपािलका–१०, घुइयाघाटका रामप्रसाद रानाले बताए । “पाकेको धान काटेर भित्र्याउन थालेका छौँ,” उनले भने , “गाउँघरतिर सबैले धान भित्र्याइरहेका छन् । ”

पानी परेमा खेतमै धान भिज्ने भएकाले हतार–हतारमा भित्र्याउने कार्य भइरहेको अर्का कृषक असारेराम रानाले बताउनुभयो । किसानले घाम लागेको मौका छोपेर धान काट्ने र एक्दुई दिन सुकाएपछि खेतमै ‘थ्रेसिङ’ गरेर भित्र्याउने गरिरहेका छन् । ठूलो पानी परेमा पाकेको धानमा नोक्सान हुने भएकाले किसान धान भित्र्याउन हतारिएका रानाको भनाइ् छ ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार यस वर्ष जिल्लामा ७० हजार हेक्टर जमिनमा बर्खे धान खेती गरिएको छ । खेती भएको कुलमध्ये ५५ प्रतिशत जमिनमा वर्षभरि नै सिँचाइको सुविधा रहेको छ ।

यसैगरी यो वर्ष आवश्यकतानुसार पानी परेकाले धान खेती राम्रो भएको किसानले बताएका छन् । खेती राम्रो भएकाले उत्पादन पनि बढ्ने उनीहरूको अपेक्षा छ तर भदौमा आएको बाढीले केही ठाउँमा भने धान खेतीलाई प्रभावित गरेको छ ।

धान पसाउने बेला आएको बाढीका कारण फूल झरेर कम दाना लागेको कैलारी गाउँपालिका–७ का कृषक जालुराम चौधरीले बताए । “टाढाबाट हेर्दा धान धेरै राम्रो देखिन्छ,” उनले भने, “नजिक पुगेपछि दानै लागेको देखिन्न । डाँठ राम्रो तर दाना कम छ । ” बाढीले गर्दा उत्पादन प्रभावित भएको उहाँको भनाइ छ ।


१७ असोज २०७८, आइतवार १५:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु