प्रतिनिधि सभाको पटक-पटक हत्या गर्ने केपी ओली हत्यारा हुन : नेता सोडारी
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दिृर्घ सोडारीले केपी ओली हत्यारा भएको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को लम्कीचुहा स्तरीय प्रथम नगर अबिधेशनको आज लम्कीमा उद्घाटन गदै केपी ओलीले पटक पटक प्रतिनिधि सभाको हत्या गरेकाले उनी हत्यारा भएको बताए ।
नेकपा एमालेको विघटन गर्ने अरू कोही नभएर केपी शर्मा ओली भएको उनले बताए । विगतका चुनावको स्मरण गदै स्वडारीले अहिले जनतालाई धोका दिई जनमतलाई लातहान्दै केही निर्वाचित जनप्रतिनिधि बा कै पछाडि लागेकोमा आफूहरू अचम्मित भएको बताए ।
अबको जुनसुकै निर्वाचनमा पनि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी पार्टी ) पहिलो पार्टी हुने बताउँदै अहिले प्रदेश सभामा सबै भन्दा ठुलो दल भइसकेको र स्थानियतह र प्रतिनिधि सभामा समेत सबै भन्दा ठुलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी पार्टी) हुने बताए । नेकपा एमाले कम्युनिस्ट पार्टी नभएर केपी बा को पार्टी भएको उनले आरोप लगाए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी पार्टी) का नेता पूर्ण बहादुर विष्ट, कर्णप्रसाद जैसी, बखत बहादुर विष्ट, लोकराज तिमिल्सैना, दीपक तिमिलसैना, ताराप्रसाद अधिकारी, विष्णुप्रसाद खनाल, विश्वेश्वर उपाध्याय, महेन्द्र खत्री लगायतकाले शुभकामना दिएका थिए ।
यात्रा सम्बृद्धिको लक्ष्य समाजवादको भन्ने मूल नाराका साथ लम्कीमा पञ्चे बाजाका साथ सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादीको) लम्कीचुहा नगर अबिधेशनले आजै टीकाराम बजगाईको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी समेत घोषणा गरेको छ । जसमा उपाध्यक्षमा लक्ष्मी न्यौपाने, महेन्द्र खत्री, सचिवमा ज्वालाप्रसाद उपाध्याय र उपसचिवमा जानकी बटाला लगायतका सदस्यहरू रहेका छन् ।
१६ असोज २०७८, शनिवार १८:२४ बजे प्रकाशित






























