punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाघले गोठालालाई घेरेपछि ज्यान जोगाउन रुखमा, उद्धारका लागि सेना परिचालन

Chaupati
safha napa

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा पाटे बाघले केही मान्छेलाई घेरेको छ । जंगलमा पशु चौपाया चराउन गएका ती स्थानीयलाई बाघले घेरेको हो । बाघबाट घेरिएका ब्यक्तिहरु आफ्नो ज्यान जोगाउनरुखमा चढिरहेको स्थानीय वासिन्दा चन्दा लामाले जानकारी दिए । ‘बाघले मान्छेलाई घेरेर राखेका छन्, रुखमा चढेका उनिहरुको उद्धार गरिदिनु पर्यो ।’ लामाले भने ।

बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टरका प्रमुख उत्तम चौधरीले जंगलमा बाघ देखिएको जानकारी आएको र नेपाली सेना सहितको टोली त्यसतर्फ पठाईएको बताउनुभयो । स्थानीयले चौपाया चराउन गएका ब्यक्तिलाई बाघले घेरेको जानकारी पाएपछि त्यसवारे बुझ्ने कम भइरहेको पनि उनले बताए ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले यस विषयमा केही जानकारी स्थानीयबाट आएकोले सो बारेमा बुझ्न र रुखमा चढेका मानिसको उद्धार गर्न निर्देशन दिईसकेको जानकारी दिए ।

दुई साता अघि सोही ठाउँमा पाटे बाघले एकजना भारतीय नागरिकलाई मारेपछि बाघ नियन्त्रणमा लिन खोजेपनि सफलता मिलेको छैन । बाघ नियन्त्रणमा लिनका लागि दुई वटा हात्ती र सेनाको टोली खटाईएको छ । सो स्थानमा चारवटा पाटे बाघ रहेको पुष्टि त्यहाँ राखिएको क्यामेराबाट भएको थियो ।


१६ असोज २०७८, शनिवार १७:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु