punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका एसपी अधिकारीको निर्देशन-‘शान्ति सुरक्षालाई थप भरपर्दो तथा व्यवस्थित बनाउनू’

Chaupati
safha napa

चाडपर्व नजिकिएसँगै कैलाली प्रहरीले पनि चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । जिल्लामा चोरी डकैती र अपराधिक घटना हुन नदिन कैलाली प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको हो ।

शनिवार जिल्ला प्रहरी कार्यालय कैलालीमा मासिक बैठकको आयोजना गर्दै प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले मातहतका कार्यालयका प्रमुखहरूलाई शान्ति सुरक्षालाई थप भरपर्दो तथा व्यवस्थित बनाउन आवश्यक निर्देशन दिएका हुन ।

नजिकिँदै गरेका चाड पर्वहरूमा अपराधिक घटना हुन नदिन र शान्ति सुरक्षालाई थप भरपर्दो तथा व्यवस्थित बनाउन आफूले यस कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई आवश्यक निर्देशन दिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

 


१६ असोज २०७८, शनिवार १७:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु