punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा कोरोना विरुद्धको खोप लगाएका दुई जनाको सङ्क्रमणबाट मृत्यु

Chaupati
safha napa

कोरोना सङ्क्रमणबाट कैलाली दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलाली धनगढी उपमहानगरपालिका ३ का ७५ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका ५ का ९० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

७५ वर्षीय पुरुषलाई १३ गते र ९० वर्षीय पुरुषमा १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

७५ वर्षीय पुरुषमा स्क्रब टाइफस समेत देखिएको उनले जानकारी दिए । उनीहरू दुवै जनाले कोरोना विरुद्धको दुवै जोड खोप लगाएको समेत श्रेष्ठले बताए । अहिले सेती अस्पतालमा ११ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।


१५ असोज २०७८, शुक्रवार १७:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु