punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस महाधिवेशनः कैलालीको वडा अधिवेशनको अझै टुंगो लागेन

Chaupati
safha napa

सुदूरपश्चिममा अन्य ८ जिल्लामा नेपाली काँग्रेसको पालिका अधिवेशन सम्पन्न भैसकेपनि कैलालीमा भने वडा अधिवेशन अझै हुन सकेको छैन। वडा अधिवेशन कहिले हुने भन्ने टुंगो समेत अझै लाग्न सकेको छैन। क्रियाशील सदस्यताको विवादले कैलालीमा वडा अधिवेशन निर्धारित समयमा हुन नसकेको हो।

कैलालीको क्रियाशील सदस्यको विवाद भने टुंगो लागीसकेको छ। पार्टीले विवादको टुंगो लगाएर मंगलबार राती क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको नेपाली कांग्रेस कैलालीका सचिव पुर्ण कुँवरले बताएका छन्।

‘क्रियाशील सदस्यको विवादले वडा अधिवेशन हुन सकेको थिएन, अब विवाद टुंगो लागेर नामावली सार्वजनिक भैसकेको छ’, उनले भने,‘केन्द्रीय निर्वाचन समितिले मिति नतोकेकाले वडा अधिवेशन कहिले हुने भन्ने निश्चित हुन सकेको छैन।’

सुदूरपश्चिम प्रदेशका जिल्लाहरू मध्य कैलालीमा कांग्रेसका सबैभन्दा बढी क्रियाशील सदस्य रहेका छन्। कैलालीमा १२६ वडा छन्। कैलालीको १८ हजार २ सय ५९ क्रियाशील सदस्य सार्वजनिक गरिएको नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमिति सदस्य केशव मिश्रले बताएका छन्।

जिल्लाबाट सबै प्रक्रिया पुर्‍याएर नविकरण र नयाँ गरी १८ हजार एक सय ३४ जना सदस्यको नामावली पठाइएको थियो। त्यसमा १ सय २५ थप गरेर कैलालीको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको उनले बताए।

नेपाली कांग्रेसको सुदूरपश्चिमका ८ जिल्लामा वडा अधिवेशन सम्पन्न भएका छन् भने ८ जिल्लाका ७५ पालिका अधिवेशन पनि सम्पन्न भैसकेका छन्। नेपाली कांग्रेसको कैलाली लगायत देशभरीका १२ जिल्लामा क्रियाशील सदस्यताको विवादले वडा अधिवेशन रोकिएको मिश्रले बताए।

बाँकी रहेका १२ जिल्लाको वडा अधिवेशन सँगै गर्ने भनेर क्रियाशील सदस्यताको विवाद टुंगिएको जिल्लाको पनि वडा अधिवेशनको मिति नतोकिएको उनको भनाइ छ। ‘१२ जिल्ला मध्य केही जिल्लाको क्रियाशील सदस्यको विवाद अझै टुंगो लाग्न बाँकी रहेको छ’, उनले भने।

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा चार जिल्लाको अधिवेशन तोकिएकै समय भदौ १८ गतेदेखि सुरु भएको थियो। बैतडी र दार्चुलामा भदौ २२ गतेदेखि अधिवेशन सुरु भएको थियो। भने विवादित बनेको डडेल्धुरामा भदौ २५ गतेदेखि वडा अधिवेशन भएको थियो। बाजुरामा असोज ६ गते वडा अधिवेशन भएको थियो।

नेपाली कांग्रेस पार्टीले यस अघि नै गाउँ पालिकाको अधिवेशन असौज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते गर्ने भनेर निर्धारण गरेको थियो।

यसैगरि एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तोकिएको छ।नागरिकबाट


१५ असोज २०७८, शुक्रवार १५:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु