punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३३ किलो जंगली बँदेलको मासुसहित दुई जना पक्राउ

Chaupati
safha napa

३३ किलो बँदेलको मासुसहित सुनसरीबाट दुई जना पक्राउ परेका छन्। प्रहरीले इनरुवा–४ बसपार्क नजिक स१प ९१७६ नम्बरको मोटरसाइकलबाट बिहीबार बिहान दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कोसी गाउँपालिका–६ का बिशे शर्मा र उदय मुखिया मलाहलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरू पूर्वतर्फको गन्तव्यमा थिए।उनीहरूले मोटरसाइकलमा जंगली बँदेलको मासु बोकेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।

बँदेललाई टुक्रा–टुक्रा पारेर सेतो बोराभित्र मासु प्याक गरिएको अवस्थामा फेला पारिएको उनले बताए। दुबै जना मासु बिक्रीका लागि हिँडेको बुझिएको छ।

उनीहरूले जंगली बँदेल कहाँ मारे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुबै जनालाई जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको छ।

 


१५ असोज २०७८, शुक्रवार ०९:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु