punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला

Chaupati
safha napa

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ। निकुञ्ज पर्यटकका लागि दोस्रो चरणको कोरोना भाइरसको महामारी फैलिएपछि गत बैशाखदेखि बन्द गरिएको थियो।

अहिले हात्ती सफारीबाहेकका पर्यटकीय खुला गरिएको निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पूर्जा पुनले जानकारी दिए। जंगल सफारी, जंगल वाक, र्‍याफटिङ तथा डुंगा विहार, क्याम्पिङ र फिसिङलगायतका पर्यटकीय गतिविधि असोज १३ गतेदेखि खुला गरिएको उनले बताए।

‘निकुञ्ज प्रवेश गर्नेहरुले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण रुपमा पालना गर्नु पर्ने छ,’ उनले भने, ‘अनिवार्य रुपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नु पर्ने र जंगल सफारी तथा जंगल वाकमा जाँदा अनिवार्य रुपमा नेचरगाइड साथमा हुनु पर्नेछ।’निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।


१५ असोज २०७८, शुक्रवार ०८:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु