दुई प्रदेशका केही ठाउँमा वर्षा, आज दिनभरि नै मौसम बद्ली हुने
वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ ।भारतको झारखण्ड आसपास बनेको न्यूनचापीय रेखाको प्रभावका कारण वाग्मती र गण्डकी प्रदेशका केही ठाउँ र अछामका धेरैजसो ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज दिउँसो पनि पूर्ण रुपमा मौसम खुल्ने सम्भावना छैन ।दिउँसो पनि देशका धेरैजसो ठाउँमा बादल लागेर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
न्यूनचापीय रेखाको प्रभावका कारण राति पनि देशका धेरैजसो ठाउँको हल्का पानी पर्ने सम्भावना छ ।भोलि बेलुकासम्मकै मौसम यस्तै नै हुने र पर्सिदेखि मौसम सफा हुँदै जाने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए ।
१४ असोज २०७८, बिहीवार ०९:३१ बजे प्रकाशित































