punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलम्पियन्स संघको अध्यक्षमा विष्ट निर्वाचित

Chaupati
safha napa

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार भएको संघको निर्वाचनमा विष्टले नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व उपाध्यक्ष रविराज थापालाई पराजित गरेका हुन् ।

त्यस्तै उपाध्यक्षमा प्रविन तुलाधर विजयी भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध ओलम्पियन्स संघमा महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध भइसकेको छ । महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भएका थिए । २ उपाध्यक्षमा एक महिला अनिवार्य छ । जसमा संगिना चुनिसकेकी छन् भने अर्को एक उपाध्यक्षका लागि रघुराज वन्त र प्रविण तुलाधरबीच प्रतिस्पर्धा भएको थियो ।

सदस्यमा सफलराम श्रेष्ठ, कान्छीमाया कोजी, राजकुमारी पाण्डे, प्रमिला रिजाल, विष्णुबहादुर सिंह, टिकाराम श्रेष्ठ, रन्जन श्रेष्ठ, विमला रानामगर र मुकुन्द हरी श्रेष्ठ निर्वाचित भएका छन् ।त्यस्तै ३ महिलासहित ९ सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको थियो । समान ५ महिला र पुरुषले उम्मेदवारी दिएका छन् । राजकुमारी पाण्डे, विमला रानामगर, कान्छीमाया कोजु, फूलमाया क्याप्चाकी, प्रमिला रिजाल, मुकुन्द हरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, कमलबहादुर अधिकारी, रन्जन श्रेष्ठ, सफलराम श्रेष्ठ र राजेन्द्र प्रधानले सदस्यमा उम्मेदवारी दिएका थिए ।

निर्वाचनमा ५९ ओलम्पियनसँग मताधिकार रहेको थियो । प्रत्यक्ष वा अनलाइन दुवैबाट मत दिन सक्ने व्यवस्था मिलाइएको थियो । झन्डै दशक अघि सुनिललाल जोशीको अध्यक्षतामा ओलम्पियन्स संघ गठन भएको थियो ।

२०७४ जेठ २६ गते जोशीको निधन भएदेखि झण्डै दुई वर्ष संघ नेतृत्वविहन थियो । २०७६ जेठ २९ मा तत्कालिन उपाध्यक्षलाई संघको कार्यवहाक अध्यक्ष तोकिएको थियो । राखेपमा दर्ता त्यो एसोसियनलाई एनओसीले पनि मान्यता दिएको थियो ।


१३ असोज २०७८, बुधवार १६:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु