punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा धान उत्पादन बढ्ने अनुमान

Chaupati
safha napa

कञ्चनपुरमा यस वर्ष धानको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । उन्नत जातका बीउको प्रयोग र नियमित वर्षाका कारण धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो ।‘यो वर्ष कम्तीमा १० देखि १५ प्रतिशतले धानको उत्पादन बढ्ने अनुमान गरेका छौं,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर बिष्टले भने, ‘सिड रिप्लेसमेन्ट (नयाँ बीउको प्रयोग) ले उत्पादनमा ठूलो सहयोग पुर्‍याएको छ ।’

उनका अनुसार विगतमा चाररपाँच वर्षसम्म एउटै बीउ लगाउने गरिन्थ्यो । अहिले कृषकहरूले नियमित रूपमा उन्नत जातका बीउको प्रयोग गरिरहेका छन् ।यस पटक धानखेतीमा रोग कीराको प्रकोप पनि देखिएन । उन्नत जातको बीउ भएकै कारण रोग कीरा नलागेको बिष्ट बताउँछन् । ‘बीउ परिवर्तन गरिरहे रोग कीरा लाग्दैन,’ उनले भने, ‘रोग कीरा नलागे उत्पादन आफैं वृद्धि हुन्छ ।’ ज्ञान केन्द्रका अनुसार केही वर्षयता उन्नत जातको बीउको प्रयोग बढेको छ ।

अहिले कृषकहरूले हर्दीनाथ, सुक्खाको १ देखि ४ सम्म, राधा–४, साँवा मन्सुलीलगायत उन्नत जातका बीउको प्रयोग गरिरहेका छन् । कृषकहरूले यी जातहरूलाई निकै रुचाएका पनि छन् । सुक्खा क्षेत्रदेखि पानी जम्ने ठाउँसम्मका लागि सबै जातका बीउहरू उपलब्ध भएको कृषि ज्ञान केन्द्रका प्रमुख बिष्टले बताए ।

गत वर्ष कञ्चनपुरमा धानको उत्पादन ३ दशमलव ९ मेट्रिक टन प्रतिहेक्टर थियो । जुन हालसम्मकै उच्च हो । यस पटक ४ मेट्रिक टन प्रतिहेक्टर नाघ्ने अनुमान गरिएको छ । जिल्लाभरिमा ४८ हजार ६ सय हेक्टरमा धानखेती गरिन्छ ।

यस वर्ष पनि गत वर्षझैं कृषकहरूले समयमै रासायनिक मल पाउन सकेनन् । मलका लागि कृषकहरू दिनहुँ कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको गोदाममा धाउने गरेका थिए । रोपाइँ लगाउने बेलादेखि धान पसाउने बेलासम्म सहज ढंगले कहिल्यै रासायनिक मल पाएनन् । समयमै मल पाउन सकेको भए अझ राम्रो उत्पादन हुन सक्ने कृषि प्राविधिकहरू बताउँछन् । कञ्चनपुरमा अहिले पनि बीउको स्रोत केन्द्र छैन ।


१३ असोज २०७८, बुधवार १३:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु