punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरका तीन सय घर बाढीपीडितलाई राहत वितरण

Chaupati
safha napa

बाढीबाट प्रभावित भएका कञ्चनपुरका ३०० परिवारलाई राहत वितरण गरिएको छ। बाढी प्रभावित समुदायमा मानवीय प्रतिकार्य कार्यक्रम (स्टार्ट फण्ड) अन्तर्गत मर्सिकोर, केयर नेपाल र निड्स नेपालको सहयोगमा मंगलबार खाद्य सहायता भौचर, सरसफाइ स्वच्छता, डिनिटी किट, भान्सा सामग्रीलगायत वितरण गरिएको हो।

निड्स नेपालका निर्देशक भवराज रेग्मीका अनुसार पुर्नबास नगरपालिकाका ६८, लालझाडी गाउँपालिकाका १४०, शुक्लाफाँटा नगरपालिकाका ३६, बेदकोटका ७ र कृष्णपुरका ४९ सहित ३०० परिवारलाई राहत सामग्री वितरण गरिएको छ।

उनीहरुलाई खाद्य सहायता भौचर (प्रिपेड कार्ड) मार्फत प्रतिघरधुरीलाई ११ हजार २५० रुपैयाँ‚ पोषण सहायता भौचर (गर्भवती, सुत्केरी, दीर्घरोगी)लाई पाँच हजार रुपैयाँका दरले ९० घरधुरीलाई वितरण गरिएको छ।

हाइजिनकिट दुई हजार २७० का दरले १७० घरधुरीलाई, महिला तथा किशोरी सम्मान सामग्री (डिगनीटी किट) तीन हजार ४८० का दरले ७५ घरधुरीलाई, सार्वजनिक धारा र शौचालय एवं खानेपानी सुविधा मर्मत सम्भार पाँच हजार रुपैयाँका दरले ४० घरधुरीलाई उपलव्ध गराइएको छ।

यसैगरी, खानेपानी स्वच्छताका लागि हाते धारा शुद्धीकरण एक हजार २०० रुपैयाँका दरले १२० घरधुरीलाई र बाढीका कारण विग्रेका भत्केका घरको मर्मत सम्भार पाँच हजार रुपैइँका दरले १२५ घरधुरीलाई उपलव्ध गराइएको छ।

भान्सा तथा लत्ताकपडा ६ हजार ४०० रुपैयाँका दरले १२५ घरधुरीलाई र मनोसामाजिक परामर्श र लैंगितक हिंसा न्यूनीकरण सचेतना १०० घरधुरीलाई दिइएको छ। जसका लागि प्रतिघरधुरी दुई हजार ९८० रुपैयाँका दरले रकम खर्च गरिएको छ।


१३ असोज २०७८, बुधवार १३:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु