punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इपीएल: ललितपुरमाथि पोखराको सानदार जित

Chaupati
safha napa

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग(इपीएल) क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रियोट्समाथि पोखरा राइनोजले ९ विकेटको सानदार जित हात पारेको छ।

चिसो मैदानका कारण निर्धारित समयभन्दा खेल ढिलो गरि सुरु भएको खेल ७ ओभरमा छोट्टाइएको थियो। ७ ओभरमा ललितपुरले दिएको ३ ५२ रनको लक्ष्य पोखराले ३ बल बाँकी रहँदै १ विकेट गुमाएर भेट्टाएको हो।

पोखराका ओपनर रिचार्ड लेभी ३८ रनमा नटआउट रहे। अर्का ​रित गौतमले १२ रन जोडे। लेभीले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे। रितले १२ बलमा १ चौका प्रहार गरे।

यस्तै सहान आराचिगी १ रनमा नटआउट रहे। उनले ३ बल खेले।त्यसअघि नन्दन यादवको घातक बलिङ गरेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस होर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो।

ललितपुरका ओपनर सन्दुन विराक्कोडीले सर्वाधिक १९ रन जोडे। १६ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे।यस्तै उसका नारायण जोशी ११ रनमा बोल्ड आउट भए। कप्तान तथा ओपनर कुशल भुर्तेल ३ रनमै पवेलियन फर्के। उनलाई विक्रम सोबले नन्दन यादवको हातबाट क्याच आउट गराएका थिए।

पवन सर्राफले ५ र अजमतुल्लाह ओमरजाइले १ रन थपे। सुन्दीप जोरा गोल्डेन डक भए भने ​ओसाडा फर्नान्डोे १० रनमा नटआउट रहे।पोखराका नन्दन यादवले ३ तथा विक्रम सोबले २ विकेट तथा केस्रिक विलियम्सले १ विकेट झारे।


१३ असोज २०७८, बुधवार १३:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु