punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्राफिक प्रहरी कैलालीले सुरु गर्‍यो चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण अभियान

Chaupati
safha napa

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण अभियान शुभारम्भ गरेको छ । चाडपर्वको समयमा सवारी साधन र यात्रुहरूको चाप बढी हुने भएकाले दुर्घटना न्यूनीकरण गर्न कैलाली ट्राफिकले सचेतना अभिवृद्धि गर्न थालेको हो ।

May be an image of road

दसैँतिहार तथा छठ पर्वको उपलक्ष्यमा सवारी साधनहरूको चाप तथा यात्रुहरूको ओहोर दोहोर बढ्न जाने हुँदा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना अभिवृद्धि कार्यक्रम थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

May be an image of 1 person and outdoors

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम यातायात मजदुर भलाई कोष समिति र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्घ संस्थाको सहकार्यमा दसैँतिहार र छठ पर्वलाई लक्षित गर्दै ट्राफिक सचेतना अभिवृद्धि अभियान थालिएको हो ।

May be an image of one or more people, outdoors and text that says "जराज REDMINOTE REDMI NOTE PRO QUAD CAMERA"

सोमबार धनगढी उपमहानगरपालिका–३ को चौराहामा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्न ट्राफिक सचेतना सम्बन्धी चार हजार थान पर्चा पम्पलेट र पाँच सय थान स्टिकर बनाई वितरण गर्ने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

May be an image of 1 person and road

सवारी साधन चालक, सह–चालक, सर्वसाधारण तथा यात्रुहरूलाई ट्राफिक सचेतना अभिवृद्धि गर्नको लागि पर्चा पम्पलेट वितरण गरिएको उनको भनाइ छ । साथै सवारी साधनहरूमा समेत स्टिकर टाँस गर्ने अभियान सुरु गरिएको छ ।उक्त अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने र सबै यात्रुहरूको यात्रा सुरक्षित हुने आशा र अपेक्षा रहेको प्रहरी निरीक्षक बोहराले बताए ।

May be an image of 1 person, motorcycle and road


१२ असोज २०७८, मंगलवार १७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु