नेकपा (एस) डोटीको अध्यक्षमा बोगटी चयन

नेपाल कम्युनिष्ट पार्टी (एस ) डोटीको अध्यक्षमा दिर्घ बोगटी चयन भएका छन । सोमबार आयोजित जिल्ला कमिटी घोषणा तथा कार्यकर्ता भेटघाट कार्यक्रमबाट बोगटीको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरेको हो ।

पार्टीकी केन्द्रिय सदस्य पूर्णा जोशीको प्रमूख आथित्यतामा जिल्ला कमिटि घोषणा गरिएको हो ।बोगटी पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष हुन् । स्थानिय तहको निर्वाचनमा उनी नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

जिल्ला कमिटि सदस्य मोहन बमका अनुसार जानकी भट्टको संयोजकत्वमा ३७ सदस्यीय अखिल नेपाल महिला संगठन र महेन्द्र कुँवरको संयाजकत्वमा ४१ सदस्यीय राष्ट्रिय युवक संगठन पनि विस्तार गरिएको हो।


११ असोज २०७८, सोमवार २०:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु