महिला स्वास्थ्य स्वयंमसेविका र चिराकीलाई साइकल उपहार
कैलालीको टीकापुर नगरपालिका – ६ ले २४ जना महिला स्वास्थ्य स्वयंम सेविका र चिराकीलाई साइकल उपहार दिएको छ ।वडाको आर्थिक सहयोगमा नारायणपुर जेसिसको आयोजनामा सोमबार वडाका विभिन्न टोलमा कार्यरत १२र१२ जना महिला स्वयंसेविका र चिराकीलाई साइकल वितरण गरिएको हो ।
महिला स्वास्थ्य स्वयंसेविका र चिराकीले दिने सेवा अझ प्रभावकारी होस् भनेर साइकल उपहार दिएको टीकापुर–६ का वडाध्यक्ष बलिराम चौधरी बताउँछन् ।साइकल पाएपछि जनताको सेवामा खट्न अझ सहज हुने भन्दै महिला स्वास्थ्य स्वयंसेविका र चिराकीले खुसी व्यक्त गरेका छन् ।
‘आफूहरूलाई टोल टोलका घरमा स्वास्थ्य सेवा दिन सजिलो हुनेछ’, स्वास्थ्य स्वयंसेविका आशा चौधरीले बताउँछिन् । चिराकी भिख्खु डगौरा थारु पनि साइकल भएपछि गाउँमा खबर गर्न सजिलो हुने बताउँछन् ।
११ असोज २०७८, सोमवार १५:१५ बजे प्रकाशित













