punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

व्यापारी मृत्यु प्रकरण : शंकास्पद पाँचजना अनुसन्धानमा तानिए

Chaupati
safha napa

व्यापारी हत्याको आशंकामा बैतडीमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार बिहान सुर्नया गाउँपालिका ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल व्यवसाय गर्दै आएका ५५ वर्षीय कमल सिंह महरा मृत फेला परेका थिए।

मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकोले हत्याको आशंका गरिएको छ।सोही घटनामा संलग्नता रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। नियन्त्रणमा लिएकाहरुको नाम भने अहिले नै सार्वजनिक गर्न नमिल्ने खड्काले बताए।

उनले भने, ‘उक्त घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएका हौं, अनुसन्धान चलिरहेकोले नाम खुलाउन मिल्दैन। नियन्त्रणमा लिएका सबै स्थानीय हुन्।’बिहीबार बिहान सन्सेरीमाडौंकै एक पसल अगाडि महरालाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको छ। घटनास्थल कार्य सकिएको र मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


७ असोज २०७८, बिहीवार १४:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु