कञ्चनपुरको कामिकाटे खोला संरक्षणका लागि संघर्ष समिति गठन

कञ्चनपुरको उत्तरी क्षेत्रमा भएर बग्ने कामिकाटे खोला संरक्षणका लागि स्थानीयले संघर्ष समिति गठन गरेका छन्।

भीमदत्त नगरपालिकाले उक्त खोलाबाट रोयल्टी संकलनका लागि चालु आर्थिक बर्षमा ठेक्का दिएसंगै स्थानीयले फेरी पनि बाढी कटानीको जोखिम बढ्ने भएकाले नदिजन्य पदार्थ उत्ख्नन गर्न नदिने चेतावनी दिएका छन।

बिहीबार स्थानीयको भेलाले पदम नाथको अध्यक्षतामा संघर्ष समिति गठन गरिएको हो। उपाध्यक्षमा करन लुहार, सचिव हरिश सिह ऐरी, सहसचिव मेख नाथ, कोषाध्यक्ष माया चुनारा रहेका छ।


७ असोज २०७८, बिहीवार १५:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु