punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वडा अध्यक्षको कुर्सीमा बसेर चुरोट तान्‍नेलाई होला त कारबाही ?

Chaupati
safha napa

बझाङको छविसपाथिभेरा गाउँपालिका– ७ का वडाअध्यक्ष पदम मण्डेलको कुर्सी दुरुपयोग भएको पाइएको छ। मण्डेलको वडा कार्यालयमा राखेको पदम मण्डेल वडाअध्यक्ष लेखेको नेमप्लेट अगाडि राखेर वडा अध्यक्षको कुर्सीमा बसेर चुरोट तानेको फोटो सार्वजनिक भएको छ।

उक्त कुर्सीमा बसी चुरोट तान्ने सोही गाउँपालिकाको वडा नम्बर ७ घर भएका केशव धामी हुन्।धामी नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष तथा सुर्मा आधारभूत विद्यालय बुडखोरीका अध्यक्षसमेत रहेका छन्।

यता, वडाअध्यक्ष पदम मण्डेलले आफू काम विशेषले बाहिर रहेको र वडा सदस्य जहरे धामीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको बताए। उनले भने, ‘मैले यस विषयमा धामीलाई के भएको हो। भनेर बुझ्न खोज्दा आफूलाई पनि थाहा नभएको बताएका छन्।’

कार्यबाहक वडाअध्यक्ष जहरे धामीले आफूलाई त्यो विषयमा थाहा नभएको र वडा कार्यालय अन्तै सारिएकोले सामान सराउने बेला कतै बसेको हुन सक्ने बताए।


७ असोज २०७८, बिहीवार १३:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु