punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा बन्दै

Chaupati
safha napa

वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।वायु प्रदूषणसँग जोडिएको कुनै न कुनै बिरामीका कारण विश्वमा एक वर्षमा ७० लाख जनाको ज्यान जाने गरेकाले वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको डब्ल्यूएचओले जनाएको छ ।

सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकोप्रति जोड दिँदै वायु प्रदूषण धूम्रपान र अ–स्वस्थ्यकर खाना जत्तिकै हानिकारक भएको जनाएको बीबीसीको खबरमा उल्लेख छ ।

वायु प्रदूषण र स्वस्थ खानपानमा ध्यान दिन सकेमा मात्रै विश्वमा लाखौँ मानिसको ज्यान जोगाउन सकिने सङ्गठनले जनाएको छ । २.५ माइक्रोन वा त्यो भन्दा सानो पदार्थ स्वस्थ जीवनका लागि खतरनाक मानिने गर्छ । अनुसन्धानले देखाएअनुसार पीएम २.५ ले रक्तप्रवाहमा समेत प्रवेश गर्न सक्छ ।

यसको परिणामस्वरूप मुख्यतया मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ तर अन्य अङ्गहरूलाई पनि असर गर्ने डब्ल्यूएचओले बताएको छ । सन् २०१९ मा, विश्व जनसङ्ख्याको ९० प्रतिशत भन्दा बढी मानिसहरू लामो समयसम्म पीएम २.५ को जोखि क्षेत्रमा बसोबास गर्थे ।दक्षिणपूर्वी एसिया वायु प्रदूषणका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।


७ असोज २०७८, बिहीवार ०९:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु